Thu. Apr 24th, 2025 03:21:44

दश करोड चिनियाँ‌ गरिबीबाट मुक्त

- नेता सी चिन फिङको आठ वर्षको अथक प्रयास

काठमाडौं, २०७७ फागुन १३ गते बिहीबार

आठ वर्षको अवधिमा चीनका ८३२ वटा गरिब जिल्ला र १ लाख २८ हजार गरिब गाउँ गरिबी अवस्थाबाट मुक्त भएका छन्। वर्तमान मापदण्ड बमोजिम ग्रामिण क्षेत्रका करिब दश करोड चिनियाँ नागरिक गरिबीबाट मुक्त भएका छन्। नयाँ युगमा गरिबी निवारणको लक्ष्य समयमै पूरा भएको छ। मानवइतिहासमा यो पहिले कहिल्यै नभएको महान उपलब्धि हो। यसलाई चिनियाँ विशेषतायुक्त गरिबीमुक्त मार्ग भनिन्छ।

default

चीनका सर्वोच्च नेता सी चिन फिङले गरिबी निवारण महाअभियानको निर्देशन गरी योजनाबद्ध रुपमा अनुगमन गर्नुभयो। आठ वर्षको अवधिमा उहाँले चीनका १४ वटा अति विपन्न क्षेत्रको भ्रमण गर्नुभयो।

गरिबी मुक्ति अन्त्य होइन, बरु नयाँ जीवन र नयाँ प्रयास गर्ने शुरुवात हो। “चौधौँ पञ्च वर्षीय योजना”को अवधिमा चीनले गरिबी अवस्थामा फर्किन नदिने दीर्घकालीन व्यवस्थाको स्थापना गरी ग्रामिण क्षेत्रको पुन:उत्थानका लागि शानदार खाका बनाउनेछ। सिआरआई

Facebook Comments