Sat. May 4th, 2024

म्यानमारमा सैनिक कू विरुद्धको आम हडतालमा लाखौंको सहभागिता

काठमाडौं, २०७७ फागुन १० गते सोमबार

सैन्य कूविरुद्ध म्यान्मारमा आह्वान गरिएको आम हड्तालको दिन आज प्रमुख सहरहरूमा हजारौँ मानिसहरूले सडकमा भेला भएर प्रदर्शन गरेका छन्।

व्यवसायी र कामदारहरूले पनि सहभागी भएकाले व्यापारव्यसायहरू बन्द भएका छन्। द्वन्द्वको बाटोमा अघि बढे ठुलो क्षति बेहोर्नु पर्ने सेनाले चेतावनी दिएपनि प्रदर्शनकारीहरू ठुलो संख्यामा विरोधमा उत्रिएका हुन् ।

गत माघ १९ सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि म्यान्मारमा तनाव बढेको छ। आइतवार भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीले कारबाही गर्दा दुई जनाको मृत्यु भएको थियो। हाल सम्म ३ जना प्रदर्शनकारी र एक प्रहरीको मृत्यु भइसकेको छ । एजेन्सी ।

Facebook Comments