Fri. May 17th, 2024

स्वास्थ्य लाभको कामना गर्नेहरूलाई प्रधानमन्त्रीको धन्यवाद

काठमाडौं, २०७६ मंसिर १२ गते बिहीबार ।

 प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य लाभको कामना गर्नेहरूलाई धन्यवाद दिनुभएको छ ।

प्रधानमन्त्री ओलीको निजी ट्वीटर ह्यान्डलबाट लाभको कामना गर्नेहरूलाई धन्यवाद दिइएको छ। ‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ ।

स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’ – प्रधानमन्त्री ओलीले लेख्नु भएको छ । गोरखापत्र अनलाईनबाट ।

Facebook Comments