Sun. May 5th, 2024

अमेरिका विश्वको नेतृत्व गर्न फर्किएको छ: विदेशमन्त्री ब्लिङ्कन

विराटनगर, २०७७ फागुन ८ गते शनिबार

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले “अमेरिका पूर्ववत् स्थितिमा फर्किएको”जानकारी दिनुहुँदै महामारी, जलवायु परिवर्तन र इरानको परमाणु महत्वाकाङ्क्षाजस्ता मुद्दा सुल्झाउन सघाउनका लागि पूर्ण रूपमा संलग्न रहेको बताउनु भएको छ ।

आफ्नो पहिलो अन्तर्राष्ट्रिय अन्तर्वार्ताको रूपमा बीबीसीसँग कुरा गर्दै ब्लिङ्कनले कोभिड-१९ विरूद्धको विश्वव्यापी खोप कार्यक्रममा जोड दिनुभयो ।

उहाँले कोरोनाभाइरसको उत्पत्तिको विषय खोजको लागि पारदर्शिताको अभाव देखाएको भन्दै चीनको समेत आलोचना गर्नुभएको थियो । यसलाई डोनल्ड ट्रम्पको ‘अमेरिका पहिलो’ नीतिमा व्यापक हेरफेर हुने सङ्केतका रूपमा हेरिएको छ।

विश्वका धनी औद्योगिक राष्ट्रहरूको समूह जी७ का नेताहरू एउटा भर्चुअल सत्रका लागि जुटिरहेका बेला ब्लिङ्कनको यो धारणा आएको छ। बिबिसी

Facebook Comments