Sun. May 19th, 2024

प्रधानमन्त्री समक्ष कोप २६ टोलीद्वारा भेट

काठमाडौं, २०७७ फागुन ६ गते बिहीबार

बेलायतको ग्लास गाउँमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन-(कोप २६) को आयोजक समितिका संयोजक एवं बेलायती सांसद आलोक शर्मा नेतृत्वको टोलीले बुधबार प्रधानमन्त्री केपीशर्मा ओली समक्ष भेट गरेको छ ।

भेटका क्रममा टोलीले नेपालको जलबायु परिवर्तनबाट नेपालको हिमालय क्षेत्रमा परिरहेका प्रभावहरुकाबारे जिज्ञासा राखेको थियो । यसबारे अध्ययनगर्न कोप २६ इच्छुक रहेको समेत टोलीले बताएको थियो ।

जलवायु परिवर्तन सम्बन्धी विषयलाई सम्बोधन गर्न नेपाललमा आयोजना गर्न लागेको सगरमाथा संवाद कार्यक्रमप्रति टोली सकारात्मक रहेको विचार पनि व्यक्त गरेको थियो । यसकालागि आवश्यक सहकार्य गर्न आफूहरु तयार रहेको जानकारी पनिप ्रधानमन्त्रीसमक्ष टोलीले रोखेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । नेपालले कार्बन उत्सर्जन कमगर्न सन् २०३० देखि ५० सम्मका लागि बनाएको योजना राम्रो रहेको भनाई पनि टोली प्रमुख शर्माको थियो ।

भेटमा प्रधानमन्त्रीओलीले कोप २६ टोलीलेसम्मेलन पुर्व भ्रमण गर्ने मुलुकमा नेपाललाई समेत समावेश गरेकोमा धन्यवाद दिनुभएको थियो । साथै उहाँले नेपालले कार्बन उत्सर्जन घटाउनका लागि गरेका प्रयासहरु र यससम्बन्धी सरकारका प्रतिवद्धताबारे टोलीलाई जानकारी दिनुभएको थियो । ‘नेपालविश्वव्यापी जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा परेका प्रभावहरु बारे अन्तर्राष्ट्रिय समुदायको ध्यानपुगोस् भन्ने चाहन्छ’, प्रधानमन्त्रीको भनाई थियो ।

गतवर्ष कोभिड १९ को महामारीका कारण स्थगित सगरमाथा संवादकार्यक्रम आगामीदिनमा आयोजना गरिने जानकारी पनिप्रधानमन्त्रीले दिनुभएको थियो । आगामी नोभेम्बर महिनामा बेलायतको ग्लासगाउमा जलवायु परिवर्तन सम्बन्धी २६ औं अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । सन् २०२० को नोभेम्बरमा तय भएको यो सम्मेलन कोभिड १९ प्रकरणका कारण एक वर्ष पर सारिएको हो । गोरखापत्र

Facebook Comments