Mon. Apr 29th, 2024

प्रदर्शनकारीहरूलाई २० वर्षसम्म जेल सजाय हुन सक्ने

- म्यान्मारको सैनिक शासन कठोर बन्दै

काठमाडौं, २०७७ फागुन ४ गते मंगलबार

म्यान्मारमा  सैन्य कू विरुद्ध प्रदर्शन गरिरहेकाहरूले सशस्त्र बलहरू माथि अवरोध खडा गरेमा उनीहरूले २० वर्ष सम्मको जेल सजाय भोग्नुपर्ने हुन सक्ने सेनाले चेतावनी दिएको छ।

सैन्य नेतृत्व प्रति “घृणा वा अवहेलना” फैलाएको पाएमा उनीहरूलाई लामो जेल सजायका साथै जरिवाना समेत गराइने सेनाले जनाएको छ। म्यान्मारका विभिन्न सहरहरूमा हतियार सहितका गाडीहरू गुडिरहेका बेला कानुनमा भएका परिवर्तनको घोषणा गरिएको हो।

सेनाले गरेको उक्त कू विरुद्ध पछिल्ला दिनहरूमा विभिन्न सहरहरूमा हजारौँ सर्वसाधारणहरू प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले आफ्नै निवासमा नजरबन्दमा रहनु भएकी नेत्री आङ सान सू चीको रिहाइ र प्रजातन्त्रको पुर्नबहालिको माग गरिरहेका छन्।

सोमवार सू चीका वकिलले उहाँलाई थप दुई दिन हालकै अवस्थामा राखिने जानकारी दिनुभयो । बिबिसी

Facebook Comments