Tue. May 7th, 2024

नेपाली कांग्रेसले आज ७७ वटै जिल्लामा प्रदर्शन गर्ने

काठमाडौं, २०७७ फागुन ३ गते सोमबार

नेपाली कांग्रेसले आज ७७ वटै जिल्लामा प्रदर्शन गर्दैछ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध कांग्रेसले विरोध प्रदर्शन गर्न लागेको हो ।

गत माघ १३ गतेको निर्णयअनुसार नै जिल्ला समितिको आयोजनामा ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागिएको नेपाली कांग्रेसले जनाएको छ । जिल्लामा प्रदर्शनपछि हुने विरोध सभालाई कांग्रेसका शीर्ष नेताले सम्बोधन गुर्नहुने कार्यक्रम रहेको छ ।

प्राप्त जानकारी अनुसार धादिङमा वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री प्रकाशसरण महत, सप्तरीमा उपसभापति विमलेन्द्र निधि र दाङमा हुने सभालाई महामन्त्री शशांक कोइरालाले सम्बोधन गर्नुहुनेछ ।

Facebook Comments