Fri. Apr 19th, 2024

प्रजातन्त्र दिवसका अवसरमा कविता र निबन्ध प्रतियोगिता हुने

काठमाडौं, २०७७ माघ २९ गते बिहीबार

नेपाल प्रज्ञा-प्रतिष्ठानको संयोजनमा राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता हुने भएको छ ।

प्रजातन्त्र दिवस मूल समारोह समिति र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुरोध बमोजिम प्रज्ञा-प्रतिष्ठानको संयोजनमा फागुन ७ गते प्रज्ञा भवनमा राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता आयोजना हुने भएको हो ।

महोत्सवका लागि राष्ट्रिय भावना प्रतिविम्बन हुने गरी १५० शब्दसम्मको कविता र ‘राष्ट्रिय समृद्धिको यात्रामा युवावर्गको दायित्व’ शीर्षकमा नेपाली भाषामा लेखिएको १५०० शब्दसम्मको निबन्ध माग गरिएको छ । प्रतियोगतामा भाग लिन इच्छुक कवि तथा निबन्धकारले आफ्नो मौलिक तथा अप्रकाशित र अप्रसारित कविता तथा निबन्ध फागुन २ गतेसम्म बुझाइसक्नु पर्ने सूचनामा जनाइएको छ ।

कविता र निबन्ध दुबै विधातर्फ प्रथमतर्फ रु. ५० हजार, द्वितीयतर्फ रु. ४० हजार र तृतीयतर्फ रु. ३० हजार नगद र प्रमाणपत्र पुरस्कार रहेको प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

Facebook Comments