Wed. Apr 24th, 2024

चीनको अन्तरिक्षयान मंगलग्रहको कक्षमा प्रवेश गर्न सफल

काठमाडौं ।

चीनको अन्तरिक्षयान मंगलग्रहको कक्षमा प्रवेश गर्न सफल भएको छ ।

चीनले पहिलो पटक मंगलग्रहको कक्षसम्म अन्तरिक्षयान पुर्याउन सफल भएको हो । युएईले मंगलग्रहको कक्षसम्म सफलतापूर्वक अन्तरिक्षयान पुर्याएको केही दिनमै चीनले पनि मंगलग्रहको कक्षसम्म अन्तरिक्ष यान पुर्याउन सफलता हासिल गरेको हो । यो चीनको लागि सबैभन्दा महत्वाकांक्षी मंगल मिसन हो ।

थियानवेन-१ नाम दिइएको उक्त यानले मंगलग्रहको अध्ययन गर्नेछ । थियानवेन-१ ले मंगल ग्रहको भूगर्भको पनि अध्ययन गर्नेछ । साथै सतहमुनिको पनि अध्ययन गर्नेछ । चीनले यसअघि सन् २०११ मा पनि अन्तरिक्ष विमान प्रक्षेपण गरेको थियो । तर, उक्त विमान पृथ्वीको कक्षबाट पनि बाहिर निस्किन सकेको थिएन ।

५ टन क्षमताको यो यान गत जुलाईमा चीनको हाईनान टापूबाट प्रक्षेपण गरिएको सिन्ह्वाले जनाएको छ ।

 

Facebook Comments