Sat. May 18th, 2024

निर्वाचन आयोगमा प्रधानमन्त्री र पदाधिकारीहरुबीच छलफल

काठमाडौं, २०७७ माघ २८ गते बधबबार

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार निर्वाचन आयोगका पदाधिकारीहरुसँग आगामी बैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनको तयारीका विषयमा छलफल गर्नुभएको छ ।

निर्वाचन आयोगका पदाधिकारीहरुसँगको भेट पछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले आयोगले गरेको निर्वाचनको सम्पूर्ण तयारीका लागि सरकारका तर्फबाट धन्यवाद दिनुभएको जानकारी गराउनुभयो ।

सो छलफलका क्रममा निर्वाचनका अवधिमा अवश्यक सुरक्षा, निर्वाचनका लागि चाहिने वजेट लगायतका विषयमा छलफल भएको र त्यसका लागि सरकारले आवश्यक सहयोग गर्ने जानकारी गराउनुभएको थियो ।

थापाका अनुसार बुधबारको भेट सरकारका तर्फबाट भएकाले पार्टीको विवाद लगायतका विषयमा खासै छलफल भएन । आयोगका पदाधिकारीलाई मेट्न उपप्रधानमन्त्री इश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, पूर्व सभामुख सुवास नेम्वाङ् लगायतका पदाधिकारी आयोगमा पुग्नुभएको थियो ।

Facebook Comments