Sun. May 19th, 2024

चीनमा सन् २०२१ स्प्रिङ गालाको पूर्वाभ्यास आयोजित

काठमाडौं, २०७७ माघ २५ गते आईतबार

चिनिया जनताको सबैभन्दा ठूलो चाड वसन्त चाड सुरु भैसकेको छ । चिनिया परम्परागत पात्रो अनुसार वसन्त चाडदेखि चीनमा नयाँ वर्षको सुभारम्भ हुन्छ । वसन्त चाडको अवसरमा यत्तिवेला चीनभरी विभिन्न कार्यक्रमहरुको आयोजना भैरहेको छ ।

यसै अवसरमा फेब्रुअरी १ तारिख चाइना मिडिया ग्रुपले २०२१ स्प्रिङ गालाको पहिलो पूर्वाभ्यासको आयोजना गरेको छ। यस पटकको पूर्वाभ्यासमा चीनका विभिन्न क्षेत्र र विभिन्न जातीय विशेषतायुक्त संस्कृतिको प्रदर्शन गरिएको छ।

गत वर्ष असामान्य रह्यो। चिनियाँहरुले सँगसँगै मिलेर कठिनाइको प्रतिरोध गरेका छन्। जसबाट ठूलो उपलब्धि हासिल भएको छ। स्प्रिङ गालाले सो कथालाई पनि प्रस्तुत गर्ने भएको छ।

महामारीका कारण केही कलाकारहरू कार्यक्रमस्थलसम्म आउनसक्ने स्थिति छैन। उनीहरु इन्टनेटमार्फत स्प्रिङ गालाको पहिलो पूर्वाभ्यासमा सहभागी भएका छन्।

यस पटकको स्प्रिङ गालामा सबैभन्दा धेरै नृत्यका कार्यक्रमहरू हुने बताइएको छ। चिनिया परम्परागत नृत्यका साथै आधुनिक नृत्यहरू हुनेछन्।

वसन्त चाड रात्री गालाको दोस्रो अभ्यास

फेब्रुअरी ३ तारिख वसन्त चाड रात्री गाला २०२१ को दोस्रो अभ्यास (रिहर्सल) गरियो। हाइ डेफिनेसन क्लाउड प्रविधिको प्रयोग गरिएको यस गालामा नाचगान प्रदर्शन गरिएको छ। क्लाउडमा अभिनेता-अभिनेत्रीहरूले रेकर्ड गरिएको भिडियोमार्फत् तत्स्थानको प्रदर्शन पनि सँगसँगै गरिएको छ। साथै क्लाउडमा रहेका दर्शकहरूले नयाँ संचारमाध्यमको स्क्रिनमार्फत् अन्तर्क्रिया गर्न पाएका छन्।

५-जी प्रविधिको विकास आधारित सो गाला क्लाउड प्रविधिको साथमा विश्वसमक्ष चीनको गोरू वर्षको वसन्त चाड गालालाई प्रदर्शित गरिनेछ।

२०२१ स्प्रिङ गालाको तेस्रो पूर्वाभ्यास आयोजित

चाइना मिडिया ग्रुपद्वारा आयोजना गरिने ‘सन् २०२१ स्प्रिङ गाला’ को तेस्रो पटकको पूर्वाभ्यास फेब्रअरी ५ तारिख भएको छ। यस पटकको पूर्वाभ्यासमा प्राविधिक तरिकाबाट नयाँ दृश्यको प्रभावको रचना गरिएको छ। यसबाट विश्वमा विकसित पछिल्लो डिजिटल छवि बनाउने प्रविधिबाट कार्यक्रमको विषयलाई जोडेर दर्शकलाई नयाँ दृश्य देखाइने छ।

चाइना मिडिया ग्रुपले स्प्रिङ गालाको सफल आयोजनाका लागि उच्च मापदण्डअनुसार कोभिड-१९ को नियन्त्रण गरिरहेको छ। स्प्रिङ गालाको कार्य टोलीले पैचिङ रोग नियन्त्रण विभागको आदेशमा गम्भीर रूपमा सम्बन्धित रोग नियन्त्रण कदमलाई लागू गरिरहेको छ।

कार्यक्रममा सहभागी सबै कलाकार तथा कर्मचारीले न्यूक्लिक एसिड परीक्षण गरेका छन्। कडा व्यस्थापनबाट स्प्रिङ गालाको सुचारू रूपमा आयोजनाको प्रत्याभूति गरिएको छ। सीआरआई

Facebook Comments