Sun. May 19th, 2024

उत्तर भारतको हिमनदीमा बाढी, ९ जनाको मृत्यु १ सय २५ जना वेपत्ता

काठमाडौं, २०७७ माघ २५ गते आईतबार

भारतको उत्तराखण्डको चमोली जिल्लामा हिमताल फुटेर आएको बाढीले बाँध भत्काएपछि अहिलेसम्म ९ जनाको मृत्यु भएको छ भने १ सय २५ जना भन्दा धेरै वेपत्ता भएका छन् ।

उत्तराखण्डस्थित बाँध भत्किएपछि तल्लो तटीय क्षेत्रमा ठूलो भेल पसेको बताइएको छ। कैयन् गाउँहरूबाट मानिसहरूलाई अन्यत्र पठाइएको छ। अधिकारीहरूले करिब डेढ सय मानिसहरू हराइरहेको हुनसक्ने बताएका छन्।

सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा बाढीको भेल तीव्र गतिमा पसेर धेरै नोक्सानी पुर्‍याएको देखिन्छ। चमोली जिलाको धौलीगङ्गा नदीमा तेज गतिमा पानीको प्रवाह भएको देखिएको छ जसले बाँध भत्काइदिएको छ। हराइरहेकामध्ये अधिकांश त्यहाँ जलविद्युत आयोजना निर्माणमा संलग्न मजदुरहरू रहेको बताइएको छ।

“भेल एकदमै छिटो आयो, कसैलाई सावधान गर्न भ्याइएन,” नजिकैको गाउँमा रहेका सञ्जयसिँह रानाले रोयटर्स समाचार संस्थालाई बताए।

“मलाई त हामीलाई पनि बगाउँछ जस्तो लागेको थियो।”

प्रधानमन्त्री नरेन्द्र मोदीले अवस्थाको अनुगमन गरिरहेको बताउनु भएको छ । “सबैको कुशलताका निम्ति देशले प्रार्थना गरिरहेको छ,” उहाँले ट्विटरमा लेख्नु भएको छ ।

भारतीय वायुसेनालाई उद्धारकार्यका निम्ति तयार राखिएको सरकारले जनाएको छ। बिबिसी

Facebook Comments