Mon. May 6th, 2024

तत्काल सीमा नाका खुला गर्न माग गर्दै जोगवनीमा प्रदर्शन

विराटनगर, २०७७ माघ १८ गते आईतबार

सरकारले नेपाल-भारत आउ जाउ गर्न सीमा नाका खोल्ने निर्णय गरेपनि कार्यान्वयन नगरेको भन्दै विराटनगरको सीमा क्षेत्रमा प्रदर्शन गरिएको छ । सरकारले विराटनगरको रानीसहित देशभरका ३० वटा सीमा खोल्ने निर्णय गरेपनि कार्यान्वयन नभएको भन्दै स्थानीयले विराटनगर रानीस्थित जोगवनी नाकामा प्रदर्शन गरेका हुन् ।

हाम्रो विराटनगर अनलाईनका अनुसार युथ युनिटी अफ नेपालको अगुवाईमा स्थानीयले रानी नाका अहिले सम्म पनि नखोलिएको भन्दै तत्काल आवत जावत सहज बनाउन माग गरेका छन् । युनिटी अफ नेपालले केही महिना अघि पनि व्यवस्थित तरिकाले सीमा नाका खोल्न मांग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको थियो भने चरणवद्ध आन्दोलन समेत गर्दै आएको छ ।

आइतबार पनि उनिहरुले सरकारले शर्तसहित मापदण्ड अनुसार सीमा नाका खुला गर्ने निर्णय गरेपनि विराटनगरमा उक्त निर्णय कार्यान्वयन नभएको भन्दै उनीहरुले प्रदर्शन गरे ।

सो अवसरमा संस्थाका अध्यक्ष जफर एलवाल, उपाध्यक्ष हमिद आजाद, कोषाध्यक्ष मोहमद तनवीर, टेम्पु ब्यवसायी एकराज श्रेष्ठ, मजदुर नेता सुदासनद राय लगायतले सरकारले सीमका नाका खोल्ने निर्णय गरिसकेकाले तत्काल कार्यान्वयन गरि नेपाल-भारत आवत जावत सहज बनाउनुपर्ने बताउनु भयो ।

Facebook Comments