पहिरोले नदी थुनिएपछि बूढीगण्डकीमा आकस्मिक बाढी आएको अनुमान
- भीषण वर्षा नभएका क्षेत्रमा एक्कासि बाढी आएको महाशाखाको भनाइ ।
- माथिल्लो नदी क्षेत्रमा पहिरो खसेर नदी थुनिएको हुन सक्ने अनुमान ।
- प्रारम्भिक सूचना र भू-उपग्रह तस्बिरका आधारमा अध्ययन ।
काठमाण्डू । बूढीगण्डकी नदीमा पहिरोले नदीको बहाव थुनिएपछि आकस्मिक बाढी आएको हुन सक्ने अनुमान गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले प्रारम्भिक सूचना र भू-उपग्रह तस्बिरका आधारमा यस्तो अनुमान गरेको हो ।
महाशाखाले विज्ञप्ति जारी गर्दै बाढीको उद्गमस्थल र आसपासका क्षेत्रमा भीषण बाढी आउने गरी वर्षा नभएको जनाएको छ ।
जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका प्रवक्ता राजन भट्टराईका अनुसार पछिल्लो २४ घण्टामा उक्त क्षेत्रमा छिटपुट मात्र वर्षा भएको थियो ।
“प्रारम्भिक सूचना तथा भू-उपग्रह तस्बिरका आधारमा माथिल्लो नदी क्षेत्रमा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको हुन सक्ने अनुमान गरिएको छ,” उहाँले भन्नुभयो । रासस
Facebook Comments

