गगन कुमार थापा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित
भिओके समाचार/काठमाण्डू । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित हुनुभएको छ । सो पार्टीको १५ औं महाधिवेशन अन्तर्गत काठमाण्डूमा भएको निर्वाचनमा ६ हजार ५ सय ८४ मत प्राप्त गरी उहाँ विजयी हुनुभएको हो ।
निर्वाचन संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गर्नुभयो । निर्वाचनमा ७ हजार १३ जनाले मतदान गरेका थिए ।
Facebook Comments

