२०८३ आश्विन २३, शुक्रवार

पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु, १४ जना घाइते

दुर्घटना भएपछि घटनास्थलमा उद्दारका लागि खटिएका सुरक्षाकर्मी

       
  • दुर्घटनामा तीन बालिका, एक बालक र एक स्थानीयको मृत्यु ।
  • मृतकको सनाखत हुन बाँकी ।
  • १४ जना घाइतेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार ।

कास्की । पोखरा महानगरपालिका-२८ कालिकामा आज बिहान भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।

कास्की जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार मृत्यु हुनेमा तीन बालिका, एक बालक र एक स्थानीय छन् । मृतकको सनाखत हुन बाँकी रहेको उहाँले बताउनुभयो ।

दुर्घटनामा घाइते भएका १४ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त बसमा १७ जना बालबालिका र एक स्थानीय गरी १८ जना सवार थिए । रासस

Facebook Comments