२०८३ आश्विन २३, शुक्रवार

नेपाली कांग्रेस महाधिवेशनमा मतदान सुरु, ७ हजार ३१७ प्रतिनिधिले मत हाल्दै

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज राष्ट्रियसभा हलको मतदान केन्द्रमा मतदान गर्नु गर्नुहुँदै प्रतिनिधिहरु । तस्बिरः गोपाल दाहाल/रासस

       
  • नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु ।
  • ७ हजार ३१७ महाधिवेशन प्रतिनिधिले मतदान गर्ने ।
  • अपराह्न ३ बजेसम्म मतदान, आजै मतगणना हुने ।

भिओके समाचार/काठमाण्डू । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज अपराह्न ३ बजेसम्म मतदान हुनेछ ।

महाधिवेशनमा सात हजार ३१७ प्रतिनिधिले मतदान गर्नेछन् । अहिले राष्ट्रियसभा गृहस्थित मतदान केन्द्र ‘क’ मा बागमती प्रदेशका प्रतिनिधिले मतदान गरिरहेका छन् ।

त्यस्तै, खुलामञ्चस्थित मतदान केन्द्र ‘ख’ मा कोशी, गण्डकी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै नेपाली जनसम्पर्क समिति र भ्रातृ संस्थातर्फका प्रतिनिधिले मतदान गरिरहेका छन् ।

मतदान सम्पन्न भएपछि आजै मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।

Facebook Comments