२०८३ आश्विन २३, शुक्रवार

कांग्रेसको सभापतिमा तीन जनाको उम्मेदवारी

       
  • सभापतिमा गगन थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरको उम्मेदवारी ।
  • खुला उपसभापतिमा नौ र महामन्त्रीमा आठ जनाको प्रतिस्पर्धा ।
  • वरिष्ठ उपसभापति र महिला उपसभापतिमा एक/एक जनाको मात्र उम्मेदवारी ।

 काठमाण्डू । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुने निर्वाचनमा सभापति पदका लागि गगनकुमार थापा, श्यामकृष्ण खड्की र किशोरसिंह राठौरको उम्मेदवारी परेको छ ।

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भुसालले मात्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।

खुला उपसभापतिमा डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, डा मिनेन्द्र रिजाल, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा चन्द्रमोहन यादवको उम्मेदवारी परेको छ ।

समावेशी उपसभापतिमा जीवन परियार, विनोद चौधरी, फर्मुल्लाह मन्सुर, सीता गुरुङ र रञ्जित कर्णले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

खुला महामन्त्रीमा प्रदीप पौडेल, गुरुराज घिमिरे, उदयशमशेर राणा, अमरसिंह पुन, नैनसिंह महर, शङ्कर तिवारी, डा सुनिल शर्मा र डा सन्तोष उपाध्यायको उम्मेदवारी परेको छ ।

महिला महामन्त्रीमा डा डिला संग्रौला, डिना उपाध्याय र रिता खनालले उम्मेदवारी दिनुभएको छ ।

निर्वाचनमा सभापतिमा तीन जना, वरिष्ठ उपसभापति र महिला उपसभापतिमा एक/एक जना, खुला उपसभापतिमा नौ जना, समावेशी उपसभापतिमा पाँच जना, खुला महामन्त्रीमा आठ जना र महिला महामन्त्रीमा तीन जनाको उम्मेदवारी परेको हो । रासस

Facebook Comments