Mon. Apr 29th, 2024

“गणतन्त्रको आन्दोलनमा छोराछोरीलाई सहभागी गराउने मेरो गल्ती हो ?”-प्रचण्ड

- 'मैले आफ्ना छोराछोरीलाई विशेष अधिकार खोजिनँ । जतिबेला गणतन्त्रको लडाइँ लड्दै थियौँ मेरा छोरीहरु रोल्पाको जंगलमा बन्दुक लिएर हिँड्थे, त्यो मेरो दोष हो ?’

काठमाडौं, २०७७ माघ १६ गते शुक्रबार

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले देशलाई शान्ति र समृद्धिको बाटोमा लैजान खोजे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले अपमानित र हुर्मत लिने काम गरेको बताउनु भएको छ ।

प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री केपी ओलीले अत्याचार गर्न थालेको आरोप लगाउनु भएको हो ।

दाहालले प्रधानमन्त्री ओलीले जहिल्यै आफ्ना छोराछोरीलाई मात्रै हेऱ्यो भनेर अपमानित गरेको पनि बताउनु भयो । आफूलाई केही साथीले ‘प्रचण्डले त छोराछोरी र ज्वाइँलाई मात्रै काम दिन्छन् भन्छन् त ओलीले, के यो सही हो र?’ भनेर प्रश्न सोध्ने गरेको पनि दाहालले बताउनु भयो ।

दाहालले सभामै यसबारे प्रस्ट पार्दै भन्नुभयो, ‘छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा संलग्न गराउनु मेरो गल्ती हो रु मैले मेरा छोराछोरीलाई पढ्न अमेरिका, बेलायत पठाइनँ त्यो मेरो दोष हो रु मैले आफैसँग जंगलमा बन्दुक बोक्न लिएर हिँडे त्यो मेरो दोष हो रु मैले आफ्ना छोराछोरीलाई विशेष अधिकार खोजिनँ । जतिबेला गणतन्त्रको लडाइँ लड्दै थियौँ मेरा छोरीहरु रोल्पाको जंगलमा बन्दुक लिएर हिँड्थे, त्यो मेरो दोष हो ?”

त्यस्तै दाहालले आफूले शान्ति र समृद्धिको बाटोमा देशलाई लैजान खोजे पनि प्रधानमन्त्रीले ‘ह्युमिलियट’ गरेको गुनासो गर्नुभएको छ । दाहालले भन्नुभयो, ‘म तपाईहरुसँग न्याय चाहन्छु । केपी ओलीले अत्याचार गर्न खोजे शान्ति र समृद्धिको नयाँ युगतिर लैजान पहल गऱ्यो, जसले त्याग र बलिदानीको कीर्तिमान बनायो त्यसको हुर्मत लिने त्यसलाई ह्युमिलियट गर्ने अपमानित गर्ने रु तर राजामहाराजा र तिनका दलालहरुलाई चाहिँ सम्मान गर्ने सही हो । म तपाईंहरुसँग प्रश्न गर्न चाहन्छु के मैले गल्ती गरेको हो ?

दाहालले आफूले छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा सहभागी गराएर कुनै गल्ती नगरेको पनि बताउनुभयो । ‘छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा सहभागी गराएर के मैले गल्ती गरेको हो रु छोराछोरी भएपछि बिहेबारी हुन्छ, ज्वाइँ हुन्छन्,’ दाहालले भन्नुभयो, “धर्म छोराछोरी भन्दै कोचाउनेचाहिँ सही हो ? जसलाई मन लाग्यो त्यसलाई आफ्ना हनुमानहरुलाई आफ्ना छोराछोरी भन्‍नुमात्रै सही हो र ?

आफूहरुले समाजको उत्थानको कुरा उठाएको उल्लेख गर्दै दाहालले अगाडि भन्नुभयो, ‘हामीले सुशासन र समृद्धिको सपना देखेकै हो, उत्पीडित समुदायको उत्थानको कुरा गरेकै हो । किसानको पेन्सनको कुरा गरेकै हो ।’ कान्तिपुर

Facebook Comments