२०८३ भाद्र २२, सोमवार

धारिलो हतियार प्रहार गरी हजुरआमाको हत्या, नाती पक्राउ

       

म्याग्दी(बेनी) । जिल्ला म्याग्दी बेनी नगरपालिका-२, खबरा बस्ने ७२ वर्षीया मनकुमारी घिमिरेको धारिलो हतियार प्रहार गरी हत्या गर्ने उनकै नाती पक्राउ परेका छन् ।

मिति २०८३।०५।२२ गते अन्दाजी ११:३० बजे मनकुमारीलाई उनकी छोरीका छोरा अन्दाजी २६ वर्षीय आशिष बरुवालले धारिलो हतियार प्रहार गरी हत्या गरी फरार भएका थिए ।

धारिलो हतियार प्रहार गरी फरार भएको खबर पाए पछि जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट प्रहरी निरीक्षक सागर तिमिल्सिनाको कमान्डमा १५ जनाको प्रहरी टोली परिचालन गरिएको थियो ।

खोजतलासका क्रममा बरुवाललाई बेनी नगरपालिका-२, हाडेभिरस्थित भाग्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको हो । घटनाबारे आवश्यक अनुसन्धान तथा प्रमाण संकलनको कार्य भइरहेको नेपाल प्रहरीले जनाएको छ ।

Facebook Comments