२०८३ भाद्र २०, शनिवार

एघार दिनपछि एक महिलाको सकुशल उद्धार   

       

त्रिशूली (नुवाकोट भोटेकोशी हुँदै त्रिशुली नदीमा गएको बाढीमा फस्नुभएका एक महिलाको ११ दिनमा सकुशल उद्धार गरिएको

सशस्त्र प्रहरी बल १९ नं गुल्मबाट बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षक सुमन विकको नेतृत्वमा खटिएको टोलीले विदुर नगरपालिका१० वेत्रवातीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई घरको चौथो तलाबाट उद्धार गरेको हो

गुल्मका प्रमुख, सशस्त्र प्रहरी नायव उपरीक्षक वीरेन्द्र राउतका अनुसार बाढीबाट प्रभावित वस्तीका घरमा रहेका सामग्री हटाई सहयोग गर्न पुगेको उद्धार टोलीले घरबाट महिलाको आवाज सुनेपछि त्यसलगत्तै उहाँको उद्धार गरिएको हो

उहाँ हिलोमा गाडिएको अवस्थामा हुनुहुन्थ्यो थप उपचारको लागि श्रेष्ठलाई काठमाडौँ पठाइएको  रासस

Facebook Comments