Tue. May 14th, 2024

प्रधानमन्त्री ओलीकाे शल्यक्रिया सम्पन्न,अबस्था सामान्य, बार्डमा सार्ने तयारी

काठमाडौं, २०७६ मंसिर १० गते मंगलबार ।

प्रधानमन्त्री केपी शर्मा ओलीकाे त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया सम्पन्न भएको छ ।
उहाँलाई एपेन्डिसाइटिसको समस्या भए पछि त्रिवि शिक्षण अस्पताल अन्तर्गतका मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा शल्यक्रिया गरिएको थियो ।

उहाँलाई शल्यक्रिया कक्षबाट वार्डमा सार्ने तयारी भएको र शल्यक्रिया सफल भएको त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा.अरुण सायमिले बताउनुभयो । उहाँकाे अन्य स्वास्थ्य अबस्था जाँच गरे पछि मात्र उहाँलाइ कति दिन अस्पताल राख्ने भन्ने तय हुने उहाँले बताउनुभयाे । गोरखापत्र अनलाईनका अनुसार अहिले प्रधानमन्त्री आराम गरीरहनु भएको छ, उहाँको शल्यक्रिया सर्जन द्वय डा.रमेशसिहं भण्डारी र डा.पलेस्मा जोशीले गनु भएको थियो ।

पेट दुखेपछि उहाँ नियमित स्वास्थ्य परीक्षणका लागि मंगलबार त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा जानु भएका प्रधानमन्त्री ओलीलाई चिकित्सकले अस्पतालमै भर्ना हुन सल्लाह दिएपछि उहाँ अस्पताल भर्ना हुनु भएको थियो । चिकित्सकहरूले विभिन्न परीक्षणबाट उहाँमा एपेन्डिसाइटिस भएको पुष्टि गरे पछि उहाँको शल्यक्रिया शुरु गरेका थिए ।

के हो एपेन्डिसाइटिस
मानव शरीरकोे एपेन्डिक्स नामक आन्द्रामा हुने एक प्रकारको रोग हो । एपेन आन्द्रामा हुने एक प्रकारको पातलो थैली हो जसको मानव शरीरमा खासै कुने भूमिका हुँदैन । जब यो थैलीमा कुनै संक्रमण बा अन्य कारणले यो सुनिन जान्छ त्यसपछि यसबाट निकै दुखाइकौ अनुभव हुन्छ । समयमै उपचार नगरे बिस्तारै दुखाइ बढ्न गई यसले गम्भीर रूप लिन सक्छ । यसो भए मा जति सक्यो चाँडो यसको शल्य क्रिया गर्नु पर्ने हुन्छ । यसको शल्यक्रिया खासै जटिल हुँदैन ।

Facebook Comments