Fri. Apr 19th, 2024

नेपाल आदिवासी जनजाति महासङ्घको कार्यक्रममा प्रधानमन्त्रीको सम्बोधन

- अन्तर्राष्ट्रिय सम्बन्ध बलियो बनाउन महत्त्वपूर्ण उपलब्धि हासिल

काठमाडौं, २०७७ माघ १४ गते बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध बलियो र सन्तुलित बनाउन सरकारले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताउनुभएको छ ।

नेपाल आदिवासी जनजाति महासङ्घले आज काठमाडौँमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध बलियो हुँदै गएको र नेपाल अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्ना कुरा राख्न सक्ने अवस्थामा पुगेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आफ्नो अधिकारको दाबी गर्न नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा जारी गरेको उल्लेख गर्नुहुँदै वार्ता र सहमतिका आधारमा भूमि फिर्ता हुने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालको सांस्कृतिक विविधतालाई पहिचानका नाममा विवादको विषय नबनाउन पनि सबैसँग आग्रह गर्नुभयो ।

कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले नेपालका सबै राजनैतिक आन्दोलनहरूमा आदिवासी जनजातिको महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो ।

वन तथा वातावरण मन्त्री प्रेम आलेले आदिवासी जनजातिको विकास र सशक्तीकरणका लागि शिक्षामा सबैको पहुँच सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।रेडियो नेपाल

Facebook Comments