२०८३ भाद्र ३, बुधवार

भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता

       

काठमाण्डू । नेपाल भ्रमणमा रहनुभएका भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ चार दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता हुनुभएको छ । उहाँ प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल आउनुभएको थियो ।

सेनाध्यक्ष सेठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदिपजङ्ग केसी र उहाँकी धर्मपत्नीले बिदाइ गर्नुभएको थियो ।

भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गर्नुभएको थियो । उहाँले राष्ट्रपति, प्रधानमन्त्री, रक्षामन्त्री र प्रधान सेनापतिसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्नुभएको थियो ।

 राससका अनुसार  सेनाध्यक्ष सेठको भ्रमणले नेपाल र भारतबीचको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई थप सुमधुर र प्रगाढ बनाउन मद्दत पुगेको नेपाली सेनाले जनाएको छ ।

Facebook Comments