Fri. Sep 20th, 2024

केपी शर्मा ओलीलाई साधारण सदस्य पनि नरहनेगरी ‘निष्कासन’ गर्ने प्रचण्ड-माधव नेपाल पक्षको निर्णय

- नेकपा विवाद उत्कर्षमा

काठमाडौं, २०७७ माघ ११ गते आईतबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल पक्षले केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ।

आइतवार बसेको पार्टीको स्थायी समितको बैठकले उक्त निर्णय गरेको हो। स्थायी समिति सदस्य जनार्दन शर्माका अनुसार बैठकले ओलीले पार्टीले मागेको स्पष्टीकरणको जबाफ नदिएको र पार्टीविरोधी काम गरेको ठहर गर्दै त्यस्तो निर्णय गरेको हो।

पार्टीको निर्णयबिना प्रतिनिधिसभा विघटन गरेको लगायतका विषय उठाउँदै उक्त समूहले ओलीसँग स्पष्टीकरण सोधेको थियो।

Facebook Comments