Sun. Apr 26th, 2026

राष्ट्रपति ट्रम्प सहभागी कार्यक्रममा आक्रमण प्रयास, राष्ट्रपति सुरक्षित   

       

वासिङ्टन ।  अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी रहेकोडिनर कार्यक्रममा एक हतियारधारी व्यक्तिले आक्रमण गर्ने प्रयास गर्दा ठूलो सुरक्षा घटना भएको प्रारम्भिक जानकारीअनुसार ती व्यक्तिले बन्दुक चक्कु लिएर कार्यक्रम स्थलको लबी क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेका थिए, जसपछि सुरक्षाकर्मीहरू तत्काल सक्रिय भएका थिए उनलाई नियन्त्रणमा लिएका थिए घटनाका क्रममा गोली चलेको आवाज सुनिएको थियो केही अतिथिहरू डराएर टेबलमुनि लुकेका थिए राष्ट्रपति ट्रम्पलाई सुरक्षाकर्मीहरूले तुरुन्तै सुरक्षित स्थानमा लगेका थिए उहाँ सकुशल रह्नुभएको

सुरक्षा अधिकारीहरूसँग भएको मुठभेडमा आक्रमणकारीले गोली हानेको सुरक्षाकर्मीहरूले पनि जवाफी कारबाही गरेको बताइएको एक सुरक्षा अधिकारीलाई गोली लागेको भए पनि बुलेटप्रुफ ज्याकेटका कारण गम्भीर क्षति हुनबाट जोगिएको आक्रमणकारीलाई घटनास्थलमै नियन्त्रणमा लिइएको उनी एक्लै योजना बनाएर आएको प्रारम्भिक निष्कर्ष
अमेरिकी सरकारी वकिलका अनुसार उक्त संदिग्धविरुद्ध हिंसात्मक अपराधका क्रममा हतियार प्रयोग गरेको सङ्घीय सुरक्षाकर्मीमाथि खतरनाक हतियार प्रयोग गरी आक्रमण गरेको आरोप लगाइनेछ उनलाई सोमबार राजधानीस्थित सङ्घीय अदालतमा पेश गरिनेछ

समाचार स्रोतका अनुसार घटना अचानक भएको भए पनि सुरक्षाकर्मीहरूको तत्काल प्रतिक्रियाका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको अहिले घटनाबारे विस्तृत अनुसन्धान जारी सुरक्षालाई अझ कडा बनाइएको  एएफपी

Facebook Comments