Sat. May 4th, 2024

नेपाल चिकित्सक संघ कोशीको अध्यक्षमा डा. सिल्वाल निर्वाचित

काठमाडौं, २०७७ माघ ७ गते बुधबार

नेपाल चिकित्सक संघ कोशीको अध्यक्षमा डा. फरवार्ड सिलवाल निर्वाचित हुनुभएको छ। सोमबार राति सार्वजानिक भएको निर्वाचनको मत परिमाणअनुसार सिलवाल ३ सय ६१ मत ल्याएर अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

सिलवालले प्रतिस्पर्धी डा. कैलाश श्रेष्ठलाई ९० मत अन्तरले पराजित गर्नु भएको थियो। संघमा श्रेष्ठ समूहबाट वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष र एकजना सदस्य गरी तीनजनाबाहेक सबै पदमा सिलवालको समूह निर्वाचित भएका छन् । संघको वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ समूहबाट डा.सन्जिबकुमार ठाकुरले ३ सय १८ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी डा. नविन कर्णले ३ सय २ मत गर्नु भएको थियो ।

उपाध्यक्षमा डा. बालकृष्ण साहलाई २५ मत अन्तरले हराउँदै डा. यज्ञराज खरेल निर्वाचित हुनुभयो । खरेलले ३ सय २२ मत प्राप्त गर्नुभएको थियो भने साहले २ सय ९७ मत प्राप्त गर्नुभएको थियो। महासचिवमा डा. राजेन्द्र चौधरी निर्वाचित हुनुभएको छ ।

चौधरीले ३ सय ५१ मत ल्याएर निर्वाचित हुनुभयो भने डा. रविराज सिंहले २ सय ७५ मत मात्र प्राप्त गर्नुभयो । कोषाध्यक्षमा डा. सुधिर श्रेष्ठ ३ सय १० मत ल्याएर निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी सिलवन्त सेन श्रीवास्तवे ३ सय ६ मत मात्र प्राप्त गर्नुभएको थियो ।

सहकोषाध्यक्षमा डा. जुबिन सिलवालले ३ सय ८० मत प्राप्त गरी निर्वाचित हुुनुभयो । उहाँका प्रतिस्पर्धी डा. सरवेस कुमार झाले २ सय ४८ मत मात्र प्राप्त गर्नुभयो । सहसचिवमा सुनिल रेग्मीले ३ सय ६८ मत प्राप्त गरी निर्वाचित हुुनुभयो । निर्वाचित सदस्यहरूमा डा. रोशन खड्का, डा. अमरकुमार यादव, डा. अरबेन्द्रकुमार महतो, डा. अन्जु देव, डा. पार्थ गुरागाई र प्रेरणा दाहाल रहनु भएको निर्वाचन समितिले जनाएको छ ।

Facebook Comments