Thu. Apr 25th, 2024

भारतले आजदेखि नेपाल सहितका देशलाई कोरोना भाइरस खोप उपलब्ध गराउने

काठमाडौं, २०७७ माघ ७ गते बुधबार

भारतको विदेश मन्त्रालयले नेपाल सहित विभिन्न छिमेकी देशहरूलाई अनुदान स्वरूप आज बुधवारदेखि कोरोनाभाइरस खोप उपलब्ध गराउने घोषणा गरेको छ।

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कोभिड महामारीसँग जुझ्न भुटान, माल्दिभ्स, बाङ्ग्लादेश, नेपाल, म्यानमार र सेसल्सलाई बुधवारदेखि खोप अनुदानमा वितरण गरिने उल्लेख छ।

नेपालले कति परिमाणमा खोप प्राप्त गर्छ खुलिसकेको छैन।

सरकारले गठन गरेको विज्ञ समूहका संयोजक डाक्टर श्यामराज उप्रेतीले प्राप्त हुनलागेको खोपको परिमाण जानकारी नभइसकेको बताउनु भयो।

बिबिसीका अनुसार स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले यस विषयमा उपयुक्त समयमा जानकारी दिने बताउनु भयो ।

भारतीय विदेशमन्त्रालयले श्रीलंका, अफगानिस्तान र मोरिससलाई त्यहाँका नियामक निकायहरूले स्वीकृति दिएपछि खोप उपलब्ध गराउने जनाएको थियो।

Facebook Comments