Wed. Apr 24th, 2024

परीक्षण उडानका लागि हिमालय एअरलाइन्स ल्हासातर्फ

काठमाडौं, २०७७ माघ ६ गते मंगलबार

नेपाल र चीनको संयुक्त साझेदारीमा संचालित हिमालय एअरलाइन्स्ले आफ्नो पहिलो उच्चउचाई गन्तव्य-ल्हासाको परीक्षण उडानका लागि प्रस्थान गरेको छ ।

चीनको स्वशासित राज्य तिब्बतको धार्मिक र प्रशासनिक राजधानी ल्हासामा मङ्गलबार भएको परीक्षण उडान सन् २०२१ को ग्रीष्म ऋतुमा तालिकावद्ध उडानहरू सुरु गर्ने कम्पनीको व्यावसायिक योजनाको अनुरूप नै भएको एअरलाइन्सले जनाएको छ ।

कम्पनीको वीमान त्रिभुवन अन्तरर्राष्ट्रिय विमान स्थलबाट बिहान ७ : १७ बजे मा ल्हासातर्फ प्रस्थान गरी ल्हासाको गोंगर अन्तरराष्ट्रिय विमानस्थलमा विहान स्थानीय समयअनुसार १०ः४६ बजे अवतरण भएको थियोे ।

एअरलाइन्सका सञ्चालक उपाध्यक्ष क्याप्टेन हाओ दीले वरिष्ठ क्याप्टेनहरुसहित परीक्षण उडानका चालक दलको नेतृत्व गरेका छन्  ।

परीक्षण उडान ३ हजार ५ सय ७० मिटरको उचाइ अर्थात् ११,७११ फिट बराबरको उचाइमा रहेको ल्हासा गोंगर अन्तर्राष्ट्रिय विमानस्थलमा परम्परागत एप्रोचेजका साथै आरएनपी-एआर एप्रोचेजका प्रमाणीकरणका लागि योजना गरिएको हो ।

सन् २०१४ अगस्टमा एउटा विमान र एउटा गन्तव्यबाट सञ्चालन सुरु गरेको एअरलाइन्सले आफ्नो स्वामित्वमा चार वटा जहाजमार्फत सात वटा गन्तव्यमा उडान भर्दै आएको छ ।

Facebook Comments