Sat. Apr 20th, 2024

सन् २०२० मा चीनको जी.डी.पी. १०० खर्बभन्दा बढी

काठमाडौं, २०७७ माघ ६ गते मंगलबार

चीनको राष्ट्रिय तथ्याङ्क व्युरोले आज १८ तारिख तथ्याङ्क सार्वजनिक गरेअनुसार सन् २०२० मा चीनको कूल गार्हस्थ उत्पादन मात्रा पहिलो पटक १०० खर्ब चिनियाँ युआनभन्दा बढी पुगेको छ भने सन् २०१९ को तुलनामा २.३प्रतिशत बढेको छ। जटिल स्वदेशी तथा विदेशी वातावरण विशेष गरी नयाँ कोरोना भाइरस महामारीको गम्भीर प्रभावका सामु चीनको अर्थतन्त्रले एक राम्रो उपलब्धि सिर्जना गरेको देखिन्छ।

सिआरआईका अनुसार सम्बन्धित तथ्याङ्कका अनुसार सन् २०२०को पहिलो त्रैमासिक अवधिको कूल गार्हस्थ उत्पादन मात्रा सन्२०१९को तुलनामा ६.८प्रतिशतले घटेको छ। दोस्रोतेस्रो र चौथो त्रैमासिक अवधिमा कूल गाहस्थ्य उत्पादन मात्रामा वृद्धि भएको देखिएको छ। चीनको राष्ट्रिय तथ्याङ्क व्युरोका अध्यक्ष निङ चि चले आज आयोजना भएको पत्रकार सम्मेलनमा जानकारी दिनुभएअनुसार कूल गार्हस्थ उत्पादन मात्रा १०० खर्ब चिनियाँ युआनभन्दा बढी पुगेको जसबाट चीनको आर्थिक शक्तिवैज्ञानिक प्राविधिक शक्ति राष्ट्रिय मैत्री शक्ति सबै नयाँ उचाईँमा उकासिएको छ। जसले सम्पन्न समाजको चौतर्फी निर्माण र आधुनिक समाजवादी देशको चौतर्फी निर्माण शुरु गर्नका लागि निकै महत्वपूर्ण भावार्थ सिर्जना गर्दछ।

सन् २०२०मा चीनको खाद्यान्न उत्पादनले नयाँ ऐतिहासिक रेकर्ड सिर्जना गरेको छ। औद्योगिक उत्पादन लगातार विकसित भैरहेको छ। उच्च प्राविधिक निर्माण र उपकरणको निर्माण तीव्र गतिले विकसित भएको देखिन्छ। औद्योगिक रोबोटनयाँ ऊर्जा सवारी साधनएकीकृत सर्किटमाइक्रो कंप्यूटर उपकरण सबै दुई अंकको विकासमा कायम राखिँदै गएको छ। सेवायुक्त व्यवसाय पनि क्रमशः पुनरुत्थान बन्दै गएको छ।

यसका साथै आर्थिक लगानी स्थिर रुपमा सामान्य अवस्थामा फर्काइरहेको छ। उच्च प्राविधिक व्यवसाय र सामाजिक क्षेत्रको लगानी द्रूत गतिले विकसित भैरहेको छ। यसमध्ये चिकित्सा औषधि निर्माणका लागि लगानीको वृद्धि २० गुणाभन्दा बढी पुगेको छ। सन् २०२० मा चीनको राष्ट्रिय अर्थतन्त्रको विकास अवस्थाबारेमा अध्यक्ष निङले आर्थिक तथा सामाजिक विकासको मुख्य लक्ष्य पूरा भइसकेको र पूर्वानुमानभन्दा राम्रो देखिने ठहर गर्नुभयो। उहाँका अनुसार एकातिर महामारीको रोकथाम तथा नियन्त्रण र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण उपलब्धि  प्राप्त भएको देखिन्छ भने अर्कातिर सुधार तथा खुलापनले विकासको चमत्कार सिर्जना गरेको प्रष्टिन्छ। साथै सम्पन्न समाजको चौतर्फी निर्माणले ऐतिहासिक महान उपलब्धि हासिल गरेको छ। यी उपलब्धिहरु नयाँ कोरोना भाइरस विश्वव्यापी फैलिँदै गएकोविश्व अर्थतन्त्रको विकास गम्भीर रुपमा सुस्त हुँदै गएको र वैदेशिक वातावरण अझ जटिल बन्दै गएको अवस्थामा प्राप्त उपलब्धि हुन् भने यसको अत्यन्तै मूल्यवान भावार्थ रहेको छ।

यसका अतिरिक्त लगानीउपभोगनिर्यात गरी तीन शक्ति अर्थतन्त्रका मुख्य प्रवर्द्धन शक्ति बनेका छन्। सन्२०२० मा नयाँ कोरोना भाइरसको प्रभावमा परे तापनि उपभोक्ता ख‌र्चले जीडीपीमा ओगटेको अनुपात ५४.३ प्रतिशत रहेको छ भने हाल केही वर्षमा सबैभन्दा उच्च स्तर सिर्जना गरेको छ। उपभोक्ता नै अर्थतन्त्रको स्थिर सञ्चालनको बलियो शक्ति हो।

Facebook Comments