Sat. Apr 20th, 2024

अमेरिकामा उच्च सुरक्षा सतर्कता

काठमाडौं, २०७७ माघ ४ गते आईतबार

अमेरिकाले ५० वटै राज्यमा सुरक्षा सतर्कता उच्च बनाएको छ । बुधबार हुने राष्ट्रपतिको सपथ ग्रहण कार्यक्रममा हुन सक्ने अवाञ्छित गतिविधि र सम्भावित घटनालाई मध्यनजर गर्दै सबै राज्यहरुमा सुरक्षा सतर्कता उच्च बनाइएको बीबीसीले जनाएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले बाइडेनको सपथ ग्रहण समारोहलाई लक्षित गर्दै सबै राज्यका संसदमा आक्रमण गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा सतर्कता उच्च पारिएको हो ।

यसअघि ट्रम्पका समर्थकले अमेरिकाको संसद भवन क्यापिटल हिलममा आक्रमण गर्दा एक प्रहरीसहित पाँच जनाको मृत्यु भएको थियो । अमेरिकाका सबै सरोकारवाला निकायले गत नोभेम्बरमा भएको चुनावमा जो बाइडेनले जितेको प्रमाणित गरे पनि बहालवाला राष्ट्रपति ट्रम्पका समर्थकले त्यसलाई स्वीकारेका छैनन् । त्यसैले पनि अमेरिकामा सुरक्षा सतर्कता उच्च बनाईएको विज्ञहरुको ठहर छ ।

Facebook Comments