Fri. Sep 20th, 2024

विश्वको दोश्रो सर्वोच्च शिखर के टू को सफल आरोहण गर्दै नेपालीद्वारा विश्व रेकर्ड

काठमाडौं, २०७७ माघ ४ गते आईतबार

दशजना नेपाली पर्वतारोहीले जाडो मौसममा पहिलो पटक विश्वको दोस्रो सर्वोच शिखर माउण्ट के२ को सफल आरोहण गरेका छन् ।

जाडो मौसममा आठ हजार मिटरभन्दा माथिका सबै हिमालको सफल आरोहणको कीर्तिमा कायम भएको भए पनि माउण्ट के २ भने यस अघि कसैले पनि अरोहण गर्न सकेका थिएनन् । पाकिस्तानमा रहेको विश्वको दोश्रो सबैभन्दा अग्लो हिमाल केटु आरोहण गरेर नेपालीहरुले विश्व रेकर्ड बनाएका हुन् ।

सो शिखरको सफल आरोहण टोलीमा निर्मल पुर्जा, गिल्जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिग्मा जी, सोना शेर्पा, मिग्मा तेन्जी शेर्पा, पेम छिरी शेर्पा रहनु भएको छ । साथै दावा तेम्बा शेर्पा, काली पेम्बा शेर्पा र दावा तेन्जिङ शेर्पा पनि सो आरोहण टोलीमा रहनु भएको सेभेन समिटर्स ट्रेकले जनाएको छ ।

आरोहण दलका एक सदस्य निमर्ल पुर्जाका अनुसार उहाँहरु पाकिस्तानी समय अनुसार साँझ ५ बजे केटु हिमालको शिखरमा पुग्नु भएको थियो । उहाँहरुले ८ हजार ६ सय ११ मिटर अग्लो सो हिमाल आरोहण गर्नुभएको हो ।

आरोहीहरु फरक फरक तीनवटा आरोहण दलबाट गएका हुन् । सबै आरोही शनिबार १० बजे चौथो शिविर फर्किएका छन् । विगत ३४ वर्षयताको हिउँदयाममा के टू आरोहणका लागि कम्तीमा चारवटा आरोहण दलका दर्जनौं आरोहीले प्रयास गरेका थिए तर उनीहरू के टू हिमालको ७ हजार मिटरभन्दा माथिको उचाइमा पुग्न सकेका थिएनन् । पाकिस्तान-चीनको सीमामा रहेको यो केटु हिमाल ८ हजार मिटर भन्दा बढीको १४ हिमालमध्ये एक हो ।

Facebook Comments