Fri. May 29th, 2026

कोशी एक्सिलेन्स अवार्ड २०२६ प्रदान गरिँदै   

       

इटहरी ।  कोशी प्रदेशका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याएका व्यक्ति तथा संस्थालाई सम्मान गर्ने उद्देश्यले ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ आज इटहरीमा आयोजना हुँदैछ ।

कार्यक्रमका निर्देशक दीपक थापाका अनुसार नयन मिडिया फाउन्डेसनको आयोजनामा हुने यस अवार्ड समारोहमा कोशी प्रदेशभर विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्व तथा संस्थालाई १६ विधामा अवार्ड तथा १० क्षेत्रमा विशेष सम्मान प्रदान गरिनेछ ।

अवार्डका विधाहरूमा कृषि, शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, पत्रकारिता, साहित्य, खेलकुद, सूचना प्रविधि, अटोमोबाइल, सङ्गीत, बैंकिङ, इन्स्योरेन्स, पुँजी बजार, कर्पोरेट, उद्यमशीलता र स्टार्टअपलगायत क्षेत्र समेटिएका छन् ।

कार्यक्रम कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश सरकारका मन्त्रीहरू, विशिष्ट व्यक्तित्वहरू तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहनेछ । आयोजकका अनुसार कार्यक्रममा करिब पाँच सयभन्दा बढी विशिष्ट व्यक्ति, व्यवसायी, समाजसेवी तथा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ ।

राससका अनुसार कार्यक्रमले कोशी प्रदेशका प्रतिभा, सिर्जनशीलता र योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म प्रवद्र्धन गर्ने लक्ष्य राखेको निर्देशक थापाले बताउनुभयो । यसअघि फागुन ७ गतेका लागि तय गरिएको कार्यक्रम निर्वाचन आचारसंहिताका कारण स्थगित भई आज आयोजना हुन लागेको हो ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read