Fri. May 3rd, 2024

चीनका नकारात्मक कुरा मात्र पश्चिमा सञ्चारका प्राथमिकतामा

काठमाडौं, २०७७ माघ २ गते शुक्रबार

चीनका केही सञ्चार माध्यमहरुले चीनका नकारात्मक कुरा मात्र पश्चिमा सञ्चार माध्यमको प्राथमिकतामा पर्ने बताएका छन् ।

हङकङको सञ्चार माध्यमद्वारा केही पश्चिमी सञ्चार माध्यमहरुको विचारमा चीनको नराम्रो समाचार उनीहरुका लागि राम्रो समाचार हो भनिएको छ ।

सीआरआईका अनुसार हङकङमा छापिने अंग्रेजी भाषाको समाचार पत्र “साउथ चाइना मोर्निङ पोस्ट”ले जनवरी ११ तारिख एउटा टिप्पणी प्रकाशित गर्दै लामो समयदेखि चीनप्रति केही पश्चिमी सञ्चार माध्यमको भेदभाव रहेको र चीनको नराम्रो समाचार मात्रै उनीहरुका आँखामा राम्रो समाचार रहेको भनिएको छ ।

Facebook Comments