Sat. Apr 20th, 2024

थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि, ४०५ जना सङ्क्रमणमुक्त

Ministry-of-Health

काठमाडौं, २०७७ माघ १ गते बिहीबार

कोरोना भाइरसबाट आज थप ४ सय ३ जना संक्रमित भएका छन् । आज ५ हजार ३२ वटा नमुना परीक्षण गर्दा २ सय ४२ जना पुरुष र १ सय ६१ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा हाल सम्म २ लाख ६६ हजार ५ सय ४६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । यसै गरी आज थप ४ सय ५ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ९७ दशमलव ६ प्रतिशत रहेको र ४ हजार ४ सय २६ जना संक्रमण मुक्त हुन बाँकी रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सक्रिय संक्रमित मध्ये १ सय ५२ जनाको विभिन्न अस्पतालका आइसियु तथा ३३ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । यसै गरी कोरोना सङ्क्रमणबाट आज थप ६ जनाको मृत्यु भएपछि हालसम्म मृत्यु हुनेको कूल सङ्ख्या १ हजार ९ सय ४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

Facebook Comments