Fri. Apr 26th, 2024

झापामा भक्का दिवस मनाईयो

काठमाडौं, २०७७ माघ १ गते बिहीबार

आदिवासी राजवंशी समुदायको परम्परागत खाना भक्काको प्रवद्र्धनका लागि झापामा बुधबार भक्का दिवस मनाइएको छ । कोचिला ग्राभुर फ्रन्टको आयोजनामा झापाको विर्तामोडमा चौथो भक्का दिवस मनाइएको हो ।

संस्थाले २०७४ सालदेखि प्रत्येक वर्ष पुस २९ गतेलाई ‘राष्ट्रिय भाक्का दिवस’ घोषणा गरी कोच लोक साँस्कृतिक कार्यक्रमसहित दिवस मनाउँदै आएको छ ।राजवंशी समुदायमा चामलको पिठोद्वारा भक्का बनाएर खाने चलन पछिल्लो समय सबै जातजातिका लागि लोकप्रिय बन्दै गएकाले यसको प्रवद्र्धनका लागि भक्का दिवस मनाउन थालिएको फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले बताउनु भयो ।

दिवसमा विभिन्न जातीय भेषभूषा, लोक साँस्कृतिक बाजाहरु र पहिरनको प्रर्दशनी समेत गरिएको थियो । जिल्लाका सबै नगरपालिकाका प्रमुख उपप्रमुख र विभिन्न संघसंस्थाका प्रतिनिधिसहित पाँच सय बढीले भक्का दिवसमा सहभागी भएर भक्काको स्वाद चाखेको राजवंशीले जानकारी दिनु भयो ।विशेष गरेर जाडो मौसममा झापा, मोरङ, सुनसरीमा भक्कालाई विहान चियासँग खाजाको रुपमा प्रयोग गरिन्छ । रेडियो नेपाल

Facebook Comments