Sat. Sep 21st, 2024

राष्ट्रपति ट्रम्प विरुद्ध महाभियोग पारित

काठमाडौं, २०७७ माघ १ गते बिहीबार

अममेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प विरुद्ध महाभियोग पारित भएको छ ।

यो प्रस्ताव पारित भएसँगै अमेरिकी इतिहासमा दुई पटक महाभियोग लाग्ने पहिलो राष्ट्रपति ट्रम्प बन्नु भएको छ।

उहाँ विरुद्ध महाभियोग लगाउने प्रस्ताव केहीबेर अघि त्यहाँको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सबाट पारित भएको हो।

गत बुधवार अमेरिकी संसद् भवनमा हूलदङ्गा गर्न प्रोत्साहित गरेको अभियोगमा ट्रम्प विरुद्ध डेमोक्र्याट सांसदहरूले महाभियोग प्रस्ताव प्रस्तुत गरेका थिए।

सार्वजनिक मत परिणाम अनुसार महाभियोग प्रस्तावको पक्षमा २३२ मत परेको छ।

महाभियोग पारित हुन २१७ मत आवश्यक थियो। तल्लो सदनमा डेमोक्र्याटिक पार्टीका २२२ जना सदस्य छन्।

तर ट्रम्पको दलका १० जना सांसदले महाभियोगको पक्षमा मतदान गरेको सभामुख न्यान्सी पेलोसीले जानकारी दिनुभयो। विपक्षमा १९७ जना रिपब्लिकन सांसद देखिए।

बिबिसीका अनुसार तल्लो सदनले सन् २०१९ मा पनि उनी विरुद्ध महाभियोग पारित गरेको थियो। तर त्यसबेला एकजना पनि रिपब्लिकनले महाभियोगमा साथ दिएका थिएनन्।

सिनेटले उहाँलाई आरोपमुक्त गरिदिएको थियो।

Facebook Comments