Tue. May 19th, 2026

चुनावको अघिल्लो दिन सुनसान काठमाण्डू (फोटो फिचर)

सिंहदरबारको मुख्य प्रवेशद्वार अघि सुनसान देखिएको सडक । तस्बिर: केशब गुरुङ

       

काठमाण्डू । बुधबार काठमाण्डूका सडक सुनसान देखिएका छन् । बिहीवार हुने आम निर्वाचनका लागि मतदान गर्न काठमाण्डूमा बसोबास गर्दै गरेका मतदाता जिल्लाजिल्लामा गएपछि काठमाण्डूका सडक सुनसान बनेका हुन् ।

सरकारले मतदान गर्न र निर्वाचनको वातावरण बनाउन बुधबार, बिहीबार र शुक्रबारका लागि सार्वजनिक बिदा दिएको छ । सरकारले तीन दिन सार्वजनिक बिदा दिएको र त्यही बिचमा शनिबार परेकाले काठमाण्डूमा बसोबास गर्ने अधिकांश जिल्लाका मतदाता जिल्लाजिल्लामा गएका हुन् ।

गोरखापत्र अनलाइन
Facebook Comments