Wed. Feb 25th, 2026

वरिष्ठ लोक गायक निर्मोहीको निधन

       

नेपालगन्ज । लामो समयदेखि दुबै मिर्गौलामा समस्या भएपछि सिकिस्त बिरामी हुनुभएका वरिष्ठ लोक गायक एवम् कलाकार कमल विके निर्मोहीको मङ्गलबार साँझ निधन भएको छ ।

दुबै मिर्गौला फेल भएपछि डायलासिस गराइरहनुभएका वरिष्ठ गायक निर्मोहीको उपचारका क्रममा निधन भएको हो । दाङको तत्कालीन फूलबारी गाबिसमा जन्मिनु भएका निर्मोही नेपालगन्जमा बसोबास गर्दै आउनुभएको थियो ।

परिवारका अनुसार शनिबार एक्कासि बेहोस भएपछि निर्मोहीलाई उपचारका लागि भेरी अस्पतालको आइसीयूमा भर्ना गरिएको थियो । अवस्था सुधार नभएपछि निर्मोहीलाई सोमबार भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

भेरी अस्पतालबाट मङ्गलबारनै निवासमा ल्याइएका निर्मोहीको साँझ ५ बजे निधन भएको थियो । मिर्गौला रोगबाटै पीडित उहाँकी पत्नी हेरमदेवी विकको गत माघ २३ गते निधन भएको थियो । वरिष्ठ गायक निर्मोहीको बुधबार दिउँसो सिधनियाघाट राप्तीनदिमा अन्तिम दाहसंस्कार हुने परिवारले जनाएको छ । गोरखापत्र अनलाइन

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read