Sat. Apr 20th, 2024

झापाबाट बिराटनगर आउदै गरेका युवकको बसको सिटमै मृत्यु

काठमाडौं, २०७७ पुस २६ गते आईतबार

 झापाको केर्खाबाट विराटनगर आएका एक युवकको गाडीमै मृत्यु भएको छ । झापा केर्खाका २६ वर्षीय युवक राजकुमार थापा गाडीमै मृत फेला परेका हुन् ।

आइतबार बिहान केर्साबाट मे १ ख ३३३३ नम्बरको जनसेवा यातायात प्रा।लि।को बसमा चढेर आएका उनी विराटनगर बसपार्कमा झर्ने बेलामा मृत अवस्था फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुन्दन देवले गाडीको सीटमै मृत अवस्थामा युवक फेला परेपछि आफन्तलाई बोलाइएको जानकारी दिनुभयो ।

गाडीका सबै यात्रुहरु ओलिसकेपछि उनलाई हेर्दा मृत अवस्थामा थिए, गाडीका स्टाफ प्रशन्न प्रसाँईले भन्नुभयो त्यसपछि प्रहरीलाई बोलाएका थियौं । प्रहरीले झापाको केर्सामा रहेका उनका आफन्तलाई उनकै मोवायलमा रहेको फोन नम्बरका आधारमा सम्पर्क गरेर बोलाएको छ ।
आजको खवर अनलाईनका अनुसार सीटमै मृत अवस्थामा फेला परेका उनी अन्य समयमा समेत आउजाउ गरिने यात्रु भएको प्रसाँईले बताउनुभयो । समस्या छ भनेर एक सय रुपैँया भाडा दिने गरेका थिए तर बारम्बार आउजाउ गरिरहन्थे, प्रसाँईले भन्नुभयो-त्यस्तो खराब खालको बानि थिएन । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।

प्रहरी निरीक्षक देवका अनुसार उनी मृगौला रोगी भएको उनको साथमा रहेको कागजातका आधारमा देखिएको छ । समयमै उपचार नपाउँदा मृत्यु भएको हुनसक्छ, परिवारका सदस्यहरु आएपछि थप कुरा बुझ्ने छौं, प्रहरी निरीक्षक देवले भन्नुभयो ।

Facebook Comments