Sat. Apr 27th, 2024

गोरखाबाट हिँडेको ‘एकीकरण टर्च’ -याली नुवाकोटमा

काठमाडौं, २०७७ पुस २४ गते शुक्रबार

नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटोमा पदयात्रा सुरु गरेको नेपाली सेनाको ‘एकीकरण टर्च’-याली’  बिहीबार नुवाकोटको विदुर नगरपालिका-१० शुभघाट पुगेको छ ।

पुस २० गते गोरखाबाट हिँडेको -याली काठमाडौंसम्म नै पैदल जाने क्रममा धादिङबाट भ-याङभुरुङ हुँदै नुवाकोटको शुभघाट पुगेको हो ।

शुभघाटमा आइपुगेको टोलीलाई विदुर नगरपालिकाको नगरप्रमुख सञ्जु पण्डित, उपप्रमुख गीता कुमारी दाहाल, वडा नं १० का वडाध्यक्ष गणेशकुमार नेपाल लगायत स्थानीयवासीले स्वागत गरेका छन् । नुवाकोटको जबरजंग गणको नेपाली सैनिकले ग्रहण गरेको एकीकरण टर्च’ नुवाकोटको सामरीस्थित पृथ्वीनारायण शाहले बास बस्ने तथा उहाँको सैनिक फौज बसेको पौवामा आएर विशेष कार्यक्रम पश्चात नेपाल एकीकरणको समयमा गोर्खाली फौज हिँडेको पदमार्ग पछ्याउँदै सामरीभञ्याङ, कागुने, डेउडी, राइसिंह, बाघटार, कोलनी, खिन्चेत हुँदै बाजागाजा तथा नाचगान शुभघाट आइपुगेको हो ।

शुभघाटमा आइपुगेको टोलीलाई विदुर नगरपालिकाको नगरप्रमुख सञ्जु पण्डित, उपप्रमुख गीता कुमारी दाहाल, वडा नं. १० का वडाध्यक्ष गणेशकुमार नेपाल लगायत स्थानीयवासीले स्वागत गर्नु भएको थियो । नुवाकोटको जबरजंग गणको नेपाली सैनिकले ग्रहण गरेको एकीकरण टर्च’ नुवाकोटको सामरीस्थित पृथ्वीनारायण शाहले बास बस्ने तथा उहाँको सैनिक फौज बसेको पौवामा आएर विशेष कार्यक्रम पश्चात नेपाल एकीकरणको समयमा गोर्खाली फौज हिँडेको पदमार्ग पछ्याउँदै सामरीभञ्याङ, कागुने, डेउडी, राइसिंह, बाघटार, कोलनी, खिन्चेत हुँदै बाजागाजा तथा नाचगान शुभघाट आइपुगेको हो ।

पछिल्लो समयमा पृथ्वीनारायण शाहले पु-याएको योगदानको महत्वलाई कमजोर बनाउँदै आइरहेको समयम नेपाली सेनाको नेतृत्वमा सञ्चालन गरिएको ‘एकीकरण टर्च’ -यालीलाई अर्थपूर्ण रूपमा हेरिएको छ । गोर्खाली फौजले विसं १८०१ असोज १५ मा नुवाकोटमाथी विजयी गरेर उपत्यका प्रवेश गर्दै नेपाल एकीकरणको थप सफलताले विशाल नेपाललाई एउटै मालामा गास्न सफल भएको सन्देशलाई ‘एकीकरण टर्च’ -यालीमार्फत सकारात्मक सन्देश प्रवाह गरिने लक्ष्य राखिएको छ । कारोवार दैनिक

Facebook Comments