Fri. Apr 26th, 2024

काठमाडौं महानगरपालिका भित्रका विद्यालय माघको पहिलो हप्तादेखि सञ्चालन गर्ने तयारी

काठमाडौं, २०७७ पुस २४ गते शुक्रबार

काठमाडौं महानगरपालिकाले नगर भित्रका विद्यालय माघको पहिलो हप्ता भित्रबाट खोल्ने तयारीमा लागेको छ । मन्त्रिपरिषद्को बैठकले खोल्ने निर्णय गरे माघको पहिलो हप्ताबाट विद्यालय खोल्ने अन्तिम तयारीमा जुटेको काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख नवराज ढकालले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

विद्यालयको सम्बन्धमा कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले मन्त्रिपरषद्मा सिफारिस पठाएको र यसै निर्णयको कुरेर बसेको महानगरका शिक्षा विभाग प्रमुख ढकालले बताउनुभयो । मन्त्रिपरिषद् वैठकले काठमाडौं महानगरपालिकाका विद्यालय खोल्ने निर्णय गरे स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर निजी, सामुदायिक विद्यालय खोल्न अनुमती दिने महानगरको तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

गोरखापत्रका अनुसार शिक्षा मन्त्रालयले बनाएको विद्यालय कार्य ढाँचा अनुसार स्वास्थ्य मापदण्ड अनुसार स्वास्थ्य मापदण्ड कार्यान्वयन गर्ने र साथै नगरले पनि आफनो कार्य ढाँचा बनाएर अगाडि बढ्ने उहाँले बताउनुभयो । विद्यालय सुचारु गर्दा अनुगमनलाई प्रभावकारी बनाउने महानगरको तयारी छ । कोरोनाको जोखिमालाई मध्यनजर गरेर विद्यालय सुचारु हुँदा केन्द्र स्तर र वडा कार्यालयबाट अनुगमन गर्ने गरि गृहकार्य भइरहेको समेत शिक्षा विभाग प्रमुख ढकाल बताउनुहुन्छ ।

अनुगमन गर्नको लागि वडा, केन्द्रमा पनि उपमेयरको अध्यक्षतामा कमिटी रहेको महानगरको भनाई छ । अनुगमन गर्दा वडा स्तरबाट गरियो भने बढी प्रभावकारी हुने उहाँ बताउनुहुन्छ । स्वास्थ्यका मापदण्ड पुरा गरेको वा नगरेको हेरेमा मात्र विद्यालय खोल्न दिने ढकाल बताउनुहुन्छ ।  विद्यालय खोल्ने वा नखोल्ने सम्बन्धमा मंसिर महिना देखि नै सरोकारवाला निकाय संग निरन्तर गरिरहेको उहाँ बताउनुहुन्छ ।

सामुदायिक विद्यालयका प्रमुख, प्यापसन, एनप्यापसन, अभिभावक संघ, शिक्षा विद् लगायत स्वास्थ्य विद्हरु संग छलफल गरे पछि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र संग छलफल गरेको महानगरका शिक्षा प्रमुख ढकाल बताउनुहुन्छ ।

Facebook Comments