Sat. May 18th, 2024

मन्त्री चौधरीलाई कैलालीमा कालो झण्डा

काठमाडौं, २०७७ पुस २३ गते बिहीबार

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई कैलालीको घोडाघोडी नगरपालिकाको १ सुखडमा कालो झण्डा देखाइएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको घोडाघोडी नगरपालिकाको सुखडमा मन्त्री चौधरीलाई प्रचण्ड–नेपाल समूह निकट अनेरास्ववीयूका विद्यार्थीहरुले कालोझण्डा देखाएका हुन् ।संसद विघटन भएपछि चौधरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्त भएका हुन् ।

अनेरास्ववियूले दोस्रो चरणको आन्दोलन अन्तर्गत मंगलवारदेखि सरकारका मन्त्रीहरूलाई कालो झण्डा देखाउने कार्यक्रम सार्वजनिक गरेको छ ।

अनेरास्ववियू कैलालीले मन्त्री चौधरीलाई बिहीवार बिहान कालो झण्डा देखाएको हो ।

Facebook Comments