Tue. May 19th, 2026

अध्यक्ष ओलीद्वारा माघे सङ्क्रान्तिको शुभकामना  

       

काठमाण्डू । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माघे सङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नु भएको छ ।

आज एक शुभकामना सन्देश जारी गर्र्दै उहाँले भन्नुभएको छ, “आज माघे सङ्क्रान्ति, सांस्कृतिक विविधतामा हामी कतै यसलाई माघी पर्व, कतै मकर सङ्क्रान्ति र कतै माघ्या पर्व भनेर मनाउँछौं, यस पर्वमा खनिजजन्य खानेकुरा खाइन्छ, सबैलाई माघे सङ्क्रान्तिको शुभकामना ।”

आजको दिन बराहक्षेत्र, देवघाट, रिडीक्षेत्रलगायत देशका विभिन्न पवित्र नदी एवं त्रिवेणीहरूमा स्नान गरी मन्दिरमा पूजा अर्चना गर्ने परम्परा रहेको अध्यक्ष ओलीले सन्देशमा उल्लेख गर्नुभएको छ ।

Facebook Comments