Sat. Jul 27th, 2024

अदालतबाट न्याय हुनेमा विश्वस्त रहन पूर्वराष्ट्रपति यादवको आग्रह

काठमाडौं, २०७७ पुस १६ गते बिहीबार

पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक कदम भएको बताउनुभएको छ । राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले असंवैधानिक कदमले देश अनिश्चितताको बाटोमा गएको बताउनुभएको हो ।

पूर्व राष्ट्रपति डा यादवले प्रतिनिधिसभा विघटनले लोकतन्त्र, संविधान, राष्ट्रियतालाई दूरगामी असर पार्ने र देश अनिश्चितताको बाटो तर्फ लैजाने बताउनुभयो । अदालत नेपाली जनताको आशा र भरोसाको संस्था भएकोले अदालतबाट न्याय हुनेमा कुरामा विश्वस्त रहन उहाँले आग्रह गर्नुभयो ।

डा यादवले विपी कोइराला र गणेशमान सिंह क्षेत्रीय राजनीतिको जटिलताका कारण देशमा मेलमिलापको नीति लिएर आएकोे स्मरण गर्दै अहिलेको परिस्थितिमा क्षेत्रीय राजनीति झनै जटिल बनेको बताउनुभयो । भू-राजनीतिक, समसामयिक अवस्थालाई चिन्तन गरी स्वस्थ विदेश नीति नल्याए राष्ट्रको जर्गेना गर्न अप्ठ्यारो पर्ने उहाँको भनाइ छ ।पूर्वराष्ट्रपति यादवले राष्ट्र र राष्ट्रियताको दूरगामी प्रभावलाई विचार नगरी प्रतिनिधिसभा विघटन गरेर लोकतन्त्रलाई आघात पारिएको समेत बताउनुभयो ।

Facebook Comments