Tue. May 26th, 2026

उत्तरपूर्वी पाकिस्तानमा आक्रमण, पाँच जना प्रहरीको मृत्यु   

       

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मङ्गलबार अज्ञात आतङ्ककारीहरूले प्रहरीको गाडीमा लक्षित गरी गोली चलाउँदा पाँच जना प्रहरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना स्थानीय समय अनुसार विहान करिब ८ः४५ मा आक्रमणकारीहरूले काराक जिल्लामा गाडीमा गोली चलाउन थालेको स्रोतहरूले नाम नछाप्ने सर्तमा बताएको सिन्ह्वाले जनाएको छ ।

प्रहरीले तुरुन्तै जवाफी गोली चलाउदा लगभग एक घन्टा सम्म झडप चलेको जनाइएको छ ।

गाडीमा सवार रहेका सबै पाँच जना प्रहरी कर्मचारीहरू गोली हानाहानको क्रममा मृत्यु स्रोतले बताएको छ ।

आक्रमणपछि आतङ्ककारीहरूले घटनास्थलबाट भाग्नु अघि प्रहरीको गाडीमा पनि आगो लगाएको स्रोतले जनाएको छ ।

अहिले सम्म कुनै समूहले आक्रमणको जिम्मेवारी नलिएको जनाइएको छ । सिन्ह्वा

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read