Thu. Apr 23rd, 2026

हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन   

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

       

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ‘स्ट्रेट अफ हर्मुज’मा बारुदी सुरुङ राख्ने कुनै पनि जहाज वा डुङ्गालाई आक्रमण गर्न अमेरिकी नौसेनालाई निर्देशन दिनुभएको छ ।

“मैले संयुक्त राज्य अमेरिकाको नौसेनालाई ‘स्ट्रेट अफ हर्मुज’को जलमार्गमा बारुदी सुरुङ बिच्छ्याइरहेका कुनै पनि डुङ्गा (साना डुङ्गाहरू भए पनि) आक्रमण गर्न आदेश दिएको छु,” राष्ट्रपति ट्रम्पले आफ्नै लगानीको सामाजिक सञ्जाल ट्रुथ सोशल प्लेटफर्ममा लेख्नुभएको छ।

उहाँले थप्नुभयो, “त्यहाँ कुनै थप हिचकिचाहट छैन। हाम्रो बारूदी सुरूङ सफा गर्ने जिम्मेवारी पाएका (माइन स्वीपरहरू) अहिले हर्मुज घाँटी सफा गर्दैछन्।”

इरानले ट्रम्पको मागलाई बेवास्ता गर्दै संयुक्त राज्य अमेरिकाले आफ्नो बन्दरगाहमा नाकाबन्दी गरेसम्म स्वीकृत जहाजहरूमध्ये सिमितबाहेक सबैका लागि रणनीतिक जलमार्ग बन्द राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

इस्लामावादमा शान्ति वार्ता रोकिएको छ, “इरानले आफ्नो सहभागिताको पुष्टि गरेको छैन र गतिरोधले विश्व अर्थतन्त्रलाई धक्का दिइरहेको छ।”

“इरानलाई उनीहरूको नेता को हो भनेर पत्ता लगाउन धेरै गाह्रो भइरहेको छ!” ट्रम्पले बिहीबार भन्नुभयो ।

उहाँले हर्मुजमाथि अमेरिकाको पूर्ण नियन्त्रण रहेको र इरानले शान्ति सम्झौता गर्न सहमति जनाएपछि मात्र हर्मुज खोल्ने दाबी गर्नुभयो ।   एएफपी

Facebook Comments

सम्बन्धित समाचार