Sun. May 5th, 2024

माईती घरमा संसद विघटनविरुद्ध नागरिक अगुवाको प्रदर्शन

काठमाडौं, २०७७ पुस ११ गते शनिबार

नागरिक आन्दोलनका अगुवाहरुले संसद विघटनविरुद्ध काठमाडौंमा प्रदर्शन गरेका छन् । विभिन्न सचेत बौद्धिक, लेखक, कवि, कलाकार एवं नागरिकहरुको बृहत् नागरिक आन्दोलनले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई प्रतिगामी र गैरसंवैधानिक भन्दै शनिबार माइतीघर मण्डलमा शंख फुकेर प्रदर्शन गरेको हो ।

बृहत् नागरिक समूहले प्रधानमन्त्री र राष्ट्रपति कार्यालयको मिलिभगतमा गरिएको यो गैरसंवैधानिक र जनविरोधी ‘कू’ले प्रतिगमनतर्फको यात्रालाई ताजा र क्रुर मोड दिएको’ उल्लेख गरेको छ । गत आइतबार प्रधानमन्त्री केपी ओलीले अचानक प्रतिनिधिसभा विघटन गरेपछि उनको यो कदमको चौतर्फी विरोध सुरु भएको छ ।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमले गणतन्त्र धरापमा परेको नागरिक अगुवाहरूको ठहर छ । यसअघि शुक्रबार नागरिक अगुवाहरूले संयुक्त अपिल जारी गरी प्रतिनिधिसभा विघटन गर्ने निर्णय संघीयता, समावेशितालगायतका उपलब्धिका लागि समेत खतरा बनेको बताएका थिए ।

Facebook Comments