Sun. May 19th, 2024

थप ८ सय ९२ जना कोरोना संक्रमणमुक्त

Ministry-of-Health

काठमाडौं, २०७७ पुस १० गते शुक्रबार

कोरोना भाइरसबाट आज थप ६ सय ८ जना संक्रमित भएका छन् ।

आज ४ हजार १ सय ४२ वटा नमूना परीक्षण गर्दा २ सय ३७ जना महिला र ३ सय ७१ जना पुरूषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा हाल सम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २ लाख ५७ हजार २ सय पुगेको छ ।

यसैगरी आज थप ८ सय ९२ जना संक्रमणमुक्त भएका छन भने नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ९६ दशमलव ५ प्रतिशत पुगेको छ ।

मन्त्रालयले दिएको तथ्याङ्क अनुसार आज देश भरमा गरी ७ हजार ९२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् भने ४६ जनाको भेन्टिलेटर तथा २ सय ४९ जनाको आईसियूमा राखेर उपचार भईरहेको छ ।

यसैगरी कोरोना संक्रमणका कारण आज थप ९ जनाको मृत्यु भएको छ ।

यो संगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Facebook Comments