Sat. Jul 27th, 2024

एमाले फुटाउने केपी ओली हो, म होइन : अध्यक्ष दाहाल

काठमाडौं, २०७७ पुस १० गते शुक्रबार

नेकपा अध्यक्ष पुष्पकमल दाहालले एमाले पार्टीलाई केपी शर्मा ओलीले फुटाएको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले पूर्वएमालेलाई दाहालले फुटाएको आरोप लगाएको भन्ने प्रश्नको जवाफ दिँदै दाहालले सो कुरा बताउनु भएको हो ।

दाहालले भन्नुभयो, “मैले फुटाएको भनेजस्तो कुरा आएको छ । एमालेको ९ औँ महाधिवेशपछि माधवजी र केपीजीको पक्ष भन्ने रहेछ । एकतापछि दुवैलाई कसरी मिलाउने भन्ने मलाई चिन्ता थियो ।”

प्रधानमन्त्री तथा अध्यक्ष ‌ओलीले पार्टीमा नेपाल पक्षलाई पेलेर जाने रणनीति लिएको र आफू त्यस पक्षमा नरहेको पनि बताउनु भयो ।  ‘केपी ओलीले माधवजीको पक्ष जिल्ला, प्रदेश र केन्द्र कुनै तहमा पनि नआओस् भन्ने । तर त्यो पक्ष पनि बलियो भएकाले आउनुपर्छ भन्ने मेरो कुरा थियो । त्यसैले, एमाले फुटाउने केपीजी हो, म होइन,’ उहाँले भन्नुभयो ।

यस्तै, दाहालले विगतमा ओलीलाई आफूले चिन्न नसकेको र सहमति भएका कुरा छोड्दै जानु भूल भएको बताउनु भयो । ओलीसँग पार्टी एकताका बेला गरेको सहमति अध्यक्ष र प्रधानमन्त्रीमा आलोपालो गर्ने सहमति छोड्नु गल्ती भएको उहाँको भनाइ थियो ।

‘उहाँले म तीन वर्ष जेठो छु तीन भोटा मैले फटाएको छु भन्दा मैले एक नम्बर मान्दिए । अर्कोपल्ट आलोपालो अध्यक्ष छोडौं र संयुक्त गरौं भन्दा पनि छोडिदिए । कार्यकारी अध्यक्षमा हुनुस् भन्दा पाँचै वर्ष प्रधानमन्त्री हुनुस् भनेर मैले छोडिदिए र यो छोडिदिने कमजोरी गरेको थिए,’ दाहालले भन्नुभयो । कान्तिपुर

Facebook Comments